स्पेन युरोकपको फाइनलमा, फ्रान्स पराजित

बुधबार, असार २६, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । जर्ममीमा जारी युरोकपमा स्पेन फाइनलमा प्रवेश गरेको छ। गए राति भएको खेलमा फ्रान्सलाई २-१ गोलले  हराउँदै स्पेन फाइनलमा पुगेको हो।

अपराजित स्पेनका लागि फाइनल यात्रा यय गर्न यमल र डानी अल्मोले १-१ गोल गरेका थिए। त्यस्तै फ्रान्सका लागि कोलो मुआनीले एक गोल गरेका थिए।

कोलो मुआनीले खेलको ९ औं मिनेट गोल गरे पनि स्पेनका यमलले २१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए। स्पेनकै डानी अल्मोले त्यसको ४ मिनेटपछि गोल गर्दै स्पेनलाई २-१ मा लुर्याएका थिए।

बाँकि समय कुनै गोल नभएपछि स्पेनले फ्रान्सलाई २-१ ले पराजित गर्दै फाइनलमा पुगेको हो। अब स्पेनले इंल्याण्ड र नेदरल्यान्डस् बीचको अर्को सेमिफाइनल विजेतासँग फाइनल खेल्ने छ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०७:१९
प्रतिक्रिया दिनुहोस्