प्रेस चौतारीका नेता सोमनाथ बास्तोला नेपाली कांग्रेसमा प्रवेश

मंगलबार, असार २५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेकपा एमाले निकट प्रेस चौतारी नेपालका नेता सोमनाथ बास्तोला नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

कांग्रेस महामन्त्री गगनकुमार थापाले बास्तोलालाई पार्टीको सदस्यता रसिद हस्तान्तरण गरेर पार्टी प्रवेश गराएका हुन् । 

कांग्रेस पार्टी मुख्यालय बीपीनगर सानेपामा उनलाई महामन्त्री थापासँगै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष जीवन भण्डारी, महासचिव दिलिप पौडेलले स्वागत गरेका थिए । 

लामो समयदेखि पत्रकारितामा क्रियाशील बास्तोलाले लोकतन्त्रवादी पार्टी र यसका संगठनहरुमा रहेर प्रेस स्वतन्त्रता र देशको समृद्धिका लागि काम गर्न चाहेकाले कांग्रेसमा प्रवेश गरेको बताए । 

आर्थिक अनलाईन विजशाला डटकमका अध्यक्ष तथा प्रधानसम्पादक बास्तोलाले लामो समयदेखि प्रेस चौतारी नेपालको केन्द्रीयस्तरका विभिन्न पदमा रहेर काम गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १८:५७
प्रतिक्रिया दिनुहोस्