केटी जिस्क्याएको निहुँमा भएको थियो विराटनगरमा करण कामतको हत्या

मंगलबार, असार २५, २०८१
Neuro hospital Nepalgunj

विराटनगर । विराटनगरमा २१ वर्षीय युवक करण कामत मारिएको र अन्य दुई युवकलाई गम्भीर घाइते बनाएको घटनामा प्रहरीको प्रारम्भिक अनुसन्धानमा युवतीकै कारण दुई समूहबीच ग्याङ्फाइट भएर हत्या भएको खुल्न आएको छ। 

मोरङ प्रहरीका अनुसार  आइतबार दुई समूहबीच युवती जिस्क्याएको विषयमा विवाद भएको थियो । हत्या गर्ने  पक्षकी युवतीलाई मृतक करण पक्षका युवाहरुले जिस्क्याएको हुँदा भएको ग्याङ्फाइटमा करणको हत्या भएको पाइएको छ। 

विवादको विषयलाई लिएर गए राति मृतक करण पक्षका १२–१३ जनाको समूह बाटो केटी पक्षलाई ढुकेर बसेको र  राति अर्को समूह पनि आएपछि ग्याङ्फाइटमा भएको प्रहरीले जानकारी दिएको छ।

सोमबार राति १० बजे विराटनगर-२ स्थित नेपाल टेलिकम नजिक केटी पक्षका युवाहरु र करण समूहका युवाबीच भएको उक्त ग्याङ्फाइट हुँदा कटहरी गाउँपालिका १जमटोकीका २१ वर्षीय करणको मृत्यु भयो भने सोही स्थानकै १७ वर्षीय अमन राय र २२ वर्षीय विक्रम मण्डल गम्भीर घाइते भएका थिए।

प्रहरीको अनुसन्धानमा मृतक करणको छाती र कम्मरमा कैँची प्रहार भएको छ।अरु दुई युवकको शरीरका भागहरुमा पनि कैँँची प्रहार भएको  खुल्न आएको छ।घाइतेहरुको  कोखा र ढाडमा गम्भीर चोट लागेको छ।  विराटनगरकै मुख्य बजार क्षेत्रमा भएको ग्याङफाइटको विषयमा प्रहरीले गम्भीर घाइते भएका करणसहित अमन र विक्रमलाई बाटोमा हिंड्ने स्थानीयले नोवेल शिक्षण अस्पताल  लगेपछि मात्रै प्रहरीले घटनाको बारेमा जानकारी पाएको थियो। त्यतिबेला अर्को समूह भागिसकेको थियो।

प्रहरीले घटनास्थलबाट एउटा मोबाइल बरामद गरेपछि आक्रमण गरेर भाग्ने समूहका युवाहरुलाई पक्राउ गर्न सफल भएको मोरङ प्रहरीले जानकारी दिएको छ। मोबाइलकै आधारमा प्रहरीले घटनामा संंलग्न भएका विराटनगर-११ का २० वर्षीय सोनु गिरी, मोरङको रंंगेलीका       १६  वर्षीय एक बालक,  भोजपुरका २० वर्षीय सन्जय गिरी, ताप्लेजुङका १८ वर्षीय सन्तोस भनेर चिनिने निमदावा शेर्पालाई पक्राउ गरेको थियो।

प्रहरीसँँग भएको प्रारम्भिक अनुसन्धानमा शेर्पाले बोकेको कैँचीले करणको हत्या गरेको बताएका छन।उक्त कैँची प्रहरीले विराटनगर अस्पताल अगाडिको फार्मेसीबाट बरामद गरिसकेको जनाएको छ। शेर्पाको समूहले आफ्नो पक्षकी युवतीलाई जिस्क्याएको हुँदा आक्रमण गरेको बयान दिएको मोरङ प्रहरीले जानकारी दिएको छ।

गम्भीर घाइते अमन र विक्रमको उपचार जरी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

मोरङ प्रहरीले घटनाबारेमा थप अनुसन्धान सुरु गरिसकेको जनाउँदै पक्राउ परेकाहरुविरुद्ध कर्तव्य ज्यान मुद्धा चलाउने तयारी गरेको जनाएको छ। 

 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्