सुतिरहेका ४ जनालाई पहिरोले बगायो, ११ वर्षीय बालकको मृत्यु

मंगलबार, असार २५, २०८१
Neuro hospital Nepalgunj

पूूर्वी रुकुम। पहिरोमा पुरिएर रुकुम पूर्वमा एक बालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

जिल्लास्थित सिस्ने गाउँपालिका-२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार बालकका बुबा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९ वर्षीया तिलसरा बुढाको अवस्था गम्भीर रहेको जानकारी दिए ।

प्रहरीले घाइते भएका उनीहरूलाई उपचारका लागि रुकुमकोट पढाइएको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्