खेतमा काम गरिरहेका १२ जनाको चट्याङ लागेर मृत्यु

मंगलबार, असार २५, २०८१

काठमाडौं । चट्याङ लागेर १२ जनाको मृत्यु भएको छ। भारतको बिहारमा चट्याङ लागेर सोमबार मात्रै १२ जनाको मृत्यु भएको बताइएको छ।

भीषण वर्षासँँग आएको चट्याङमा जमुई र कैमुरमा तीनरतीन, रोहतासमा दुई र सहरसा, सारण, भोजपुर र गोपालगञ्जमा एक-एक जनाको मृत्यु भएको छ”, बिहार राज्यको मुख्यमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

वर्षाको समयमा खेतमा काम गर्ने र रूखमुनि आश्रय लिने मानिसहरूलाई चट्याङ लागेर धेरैको मृत्यु भएको रिपोर्टहरूले बताएको छ ।

हरेक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौँको मृत्यु हुने गरेको छ ।  

 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ०७:३२
प्रतिक्रिया दिनुहोस्