अब प्रत्यक्ष निर्वाचनबाट उद्योग वाणिज्य महासंघको अध्यक्ष चयन

मंगलबार, असार २५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । यसअघि वरिष्ठ उपाध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघको स्वत: अध्यक्ष निर्वाचित हुने प्रावधान खारेज गरिएको छ। यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भएपछिको अर्को कार्यकालपछि लागू हुने उनले बताए । 

उद्योग वाणिज्य महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । 

महासंघको कार्यसमितिको  बैठकबाट सर्वसम्मत रूपमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छानिने व्यवस्था गरेको हो ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले  कार्यसमिति बैठकले सर्वसम्मत रूपमा विधान पारित गरेको र अबदेखि अध्यक्ष निर्वाचनबाट चयन हुने जानकारी दिए। 

अध्यक्ष प्रत्यक्ष निर्वाचित हुँदा संस्थालाई राम्रो हुने ठानेर आफूले गएको निर्वाचनकै बेला विधान संशोधनको वाचा गरेको र अहिले आफ्नो प्रस्तावलाई कार्यसमितिले सर्वसम्मत पारित गरेकामा उनले समितिलाई धन्यवाद दिए ।  

संशोधित विधानमा दुई जना वरिष्ठ उपाध्यक्षको व्यवस्था गरिएको छ भने हाल एक महिला उपाध्यक्ष रहेकामा थप एकजना महिला उपाध्यक्ष रहने प्रावधान राखिएको छ ।

संशोधित विधान आगामी मंसिर मसान्तभित्र महासंघको विशेष साधारण सभाले पारित गर्ने अध्यक्ष ढकालले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ०६:५०
प्रतिक्रिया दिनुहोस्