जेठ २८ यता विपद्बबाट ७४ जनाले ज्यान गुमाए

सोमबार, असार २४, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । गृह मन्त्रालयले गत जेठ २८ गतेयता विपद्बबाट ७४ जनाले ज्यान गुमाएको जनाएको छ। निरन्तर वर्षाका कारण देशभरमा ७४ जनाको ज्यान जादा ५ जना बेपत्ता भएको गृह मन्त्रालयले जानकारी दिएको छ।

विपद्बबाट सबैभन्दा बढी गण्डकी प्रदेशमा २२ जनाले ज्यान गुमाएका छन् भने सबैभन्दा कम मधेस प्रदेशमा ३ जनाले ज्यान गुमाएको गृह मन्त्रालयले जनाएको छ।

त्यसैगरी, लुम्बिनी र कोशीमा १८-१८ जना, बागमतीमा ५, कर्णाली र सुदूूरपश्चिममा ४-४ जनाले ज्यान गुमाएका छन्।

विपद्बबाट देशैभर ८ जना घाइते हुँदा ५३ जनाको सकुशल उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ। २ हजार २९६ घर-परिवार विस्थापित भएका छन् ।

यस अवधिमा गृह मन्त्रालयले १६१ घर डुबानमा पर्दा ९४ घर, ५३ गोठ, ४१ पुल, एक विद्यालय र २ सरकारी कार्यालय क्षति पुगेको बताएको छ। विपद्बबाट ३३५ चौपाया मरेका छन् ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १८:०६
प्रतिक्रिया दिनुहोस्