तुलसीपुरको कालाखोलामा मोटरसाइकलको ठक्करले ४ वर्षीया बालिका घाइते

सोमबार, असार २४, २०८१
Neuro hospital Nepalgunj

दाङ । दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट ४ वर्षीया बालिका घाइते भएकी छन् ।तुलसीपुर उपमहानगरपालिका- ७ कालाखोलामा मोटरसाइकलको ठक्करबाट ४ बर्षीया सदिक्षा भण्डारी घाइते भएकी छन् ।

आज बिहान पौने १० बजेतिर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ब १०४१ नम्बरको मोटरसाइकलले पैदल हिडीरहेकी बालिकालाई ठक्कर दिएको थियो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बालिकाको टाउको र शरिरका बिभिन्न भागमा चोट पटक लागेको छ । मध्यम अवस्थाकी बालिकाको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइ रहेको छ ।

घाइते भएका मोटरसाइकल चालक जिल्लाको बबई गाउँपालिका– ४ का ३० बर्षीय आशकुमार रानाको पनि उपचार उपचार भइरहेको प्रहरीकै जानकारी दिएको छ।

 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्