विभिन्न स्थानमा ४ जना शंकास्पद तरिकाले मृत फेला

सोमबार, असार २४, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न स्थानमा ४ जना शंकास्पद तरिकाले मृत फेला परेको जनाएको छ। प्रहरीले पछिल्लो २४ घण्टामा इलाम, रौतहट, गुल्मी र दैलेखमा १-१ जना मृतावस्थामा फेला परेको जनाएको छ।

प्रहरीका अनुसार इलामको रोङ गाउँपालिका-इरौटारकी ६५ वर्षीया सोममाया राई आफ्नै घरदेखि केहीपरको भिरको खोल्सामा मृत फेला परेकी हुन् । प्रहरीले रौतहटको माधव नारायण नगरपालिका-९ स्थित बागमती खोला किनारमा ५५ वर्षीय पुरुषको शव फेला परेको जनाएको छ। उनको पहिचान नखुलेको प्रहरीले जानकारी दिएको छ।

त्यसैगरी गुल्मीको मदाने गाउँपालिका-३ कैरलपाटाका स्थानीय ७४ वर्षीय खुलान्द पुरी धुर्कोट गाउँपालिका- गोलपोखरीको खरबारीमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। 

दैलेखमा पनि एक पुरुषको खोला किनारमा शव भेटिएको छ। प्रहरीले भैरवी गाउँपालिका-१ महतरागाउँ कटौचेका ६१ वर्षीय तिर्थबहादुर महतराको शव फेला परेको जनाएको छ। उनी दुल्लु नगरपालिका-११ स्यालखाडाको छामघाट खोला किनारम मृत फेला परेका हुन् ।

प्रहरीले उनीहरुको विपद्बबाट अरु केही कारणले मृत्यु भएको बारेमा केही कारण अझै पत्ता नलागेको जनाउदै सबै घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्