एमालेले फिर्ता लियो बागमती सरकारलाई दिएको समर्थन, सबै मन्त्रीद्वारा राजीनामा

सोमबार, असार २४, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेकपा एमालेले बागमती सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज बागमती सरकारमा गएका एमालेका मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जम्मर जम्कट्टेललाई राजीनाम बुझाउदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् ।

आज बिहान बागमती प्रदेश एमाले संंसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित गएको मन्त्रीहरुको टोलीले राजीनामा बुझाउदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् ।

बागमती प्रदेश सरकारमा एमालेबाट थपलियासहित प्रकाश श्रेष्ठ वाणिज्य भुमि तथा प्रशासन मन्त्री, वन तथा वातावरण मन्त्री केशव पोखरेल, स्वस्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र एकलाल श्रेष्ठ उर्जा तथा खानेपानी मन्त्री थिए।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको बागमती सरकारका मुख्यमन्त्रीले विश्वासको मत लिने भएका छन् ।

 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्