तुलसीपुरको बेलुवामा च्याउ खोज्न गएका महिलाहरुमाथि बाघको आक्रमण, तीन महिला घाइते

सोमबार, असार २४, २०८१
Neuro hospital Nepalgunj

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ९ बेलुवामा बाघको आक्रमणमा तीन जना महिला घाइते भएका छन् । 

आज बिहान ६ बजे नव दुर्गा सामुदायिक वनमा  च्याउ खोज्न तुलसीपुर ९ बेलुवाका ४५ बर्षीया कमला केसी, ५२ बर्षीया सीताकुमारी भण्डारी र १८ बर्षीया सरिता भण्डारीलाई बाघले आक्रमण गरेको इलाका प्रहरी  तुलसीपुरले जानकारी दिएको छ। 

प्रहरीका अनुसार बाघको आक्रमणबाट केसीको दुबै हात, सीताको ढाड र पेट र सरिताको दायाँ हातमा बाघको घाउ बनेका छन् । 

उनीहरु तीनै जनाको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको भने घाइते सबैको अवस्था सामान्ने रहेको इलाका प्रहरी तुलसीपुरले जनाएको छ।

 

 

 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १०:१६
प्रतिक्रिया दिनुहोस्