कांग्रेसले लगायो मधेस सरकारमा जाने ४ सांसदको टुंगो

आइतबार, असार २३, २०८१
Neuro hospital Nepalgunj

जनकपुर। मधेस सरकारमा मन्त्री हुने चार जनाको नम  नेपाली कांग्रेसले टुंगो लगाएको छ। सरकारमा कांग्रेसले जनार्दन सिंह क्षेत्रीको नेतृत्वमा ४ सांसदलाई पठाउन लागेको जनाएको छ।

सरकारमा जानेहरुमा सांंसद क्षेत्रीसहित सुनिल यादव, शेषनारायण यादव र कौशल किशोर रायको नाम कांग्रेसले टुंगो लगाएको हो।

तर कांग्रेसले राज्यमन्त्रीहरुको नाम भने टुंगो लगाउन सकेको छैन । मधेस सरकारमा कांग्रेसले दुई राज्यमन्त्री पाउने भएको छ।

 

 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्