कोपा अमेरिका कपको क्वाटरफानलमा ब्राजिल उरुग्वेसँग पराजित

आइतबार, असार २३, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । कोपा अमेरिका कप फुटबल क्वाटरफाइनलमा ब्राजिल उरुग्वेसँँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

आज बिहान सम्पन्न अन्तिम क्वाटरफाइनलमा उरुग्वेसंंग पेनाल्टी टाइब्रेकर (पेनाल्टी सुटआउट) मा ४-२ होलले पराजित हुँदै ब्राजिल बाहिरिएको हो।

ब्राजिल र उरुग्वेले निर्धारित खेलको अवधिभर गोलरहित बराबरी खेलेपछि सिधै भएको पेनाल्टी सुटआउटमा उरुग्वे ४-२ गोलले विजयी बन्दै सेमिफाइनलमा स्थान बनाएको हो।

सेमिफाइनलमा उरुग्वेले कोलम्बियाविरुद्ध खेल्नेछ भने भेनेजुयलालाई पेनाल्टीमा ४-३ गोलले पराजित गरेको क्यानडाले अर्जेन्टिनाको सामना गर्ने छ।

 

 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०९:५०
प्रतिक्रिया दिनुहोस्