दाङमा बबईको बाढीले दंगीशरणको पुलको पिलर बगाएपछि आवतजावत बन्द

आइतबार, असार २३, २०८१

दाङ ।  दाङमा शुक्रबारदेखिको अबिरल बर्षाका कारण बबई नदीमा आएको बाढीले दंगीशरण गाउँपालिकाको एउटा झुलुङ्गे पुलमा क्षति गरेको छ ।

बाढीका कारण रहरपुरतर्फको पिलर बगाइ सकेको छ । पुलबाट आवात जावात पूर्ण रुपमा बन्द भएको छ ।

दंगीशरण गाउँपालिका – ४ बैबाङ र दंगीशरण – १ रहरपुर जोड्ने झुलुङ्गेपुलमा बाढीले क्षति पु¥याएपछि आवात जावात बन्द हुन पुगेको छ । अबिरल बर्षा पछिको बाढीका कारण झुुलुङ्गे पुललाई बाढीले बगाउने अवस्था देखिएको दंंगीशरण गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०९:२०
प्रतिक्रिया दिनुहोस्