युरोकप: सेमिफाइनलमा स्पेनले फ्रान्स र इंल्याण्डको नेदरल्यान्डस् विरुद्ध भिडन्त

आइतबार, असार २३, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । जर्मनीमा जारी युरोकपको सेमिफाइनलमामा नेदरल्यान्डस्  र इंंल्याण्ड पुगेसँँगै सेमिफाइनल समीकरण पूूरा भएको छ। 

गएराति भएको क्वाटरफाइनल खेलमा इंंल्याण्डले स्वीजरल्याण्डलाई पेनाल्टी सुटआउटमा ५-३ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। 

अतिरिक्त समयसम्म दुबै राष्ट्रबीच १-१ गोलको बराबरी हुँदा खेल पेनाल्टीमा लगिएको थियो। त्यसैगरि नेदरल्यान्डस् टर्कीविरुद्ध २-१ गोलले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो।

यसअघिनै स्पेनले जर्मनी र फ्रान्सले पोर्चुगललाई पराजित गर्दै सेमिफाइनलमा पुगिसकेका छन् ।

अबको पहिलो  सेमिफाइनल स्पेन र फ्रान्सबीच बुधबार हुनेछ भने दोस्रो सेमिफाइनल खेल बिहीबार राति १२:४५ बजे नेदरल्यान्डस् र इंल्याण्डबीच हुनेछ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०८:५७
प्रतिक्रिया दिनुहोस्