दाङको राप्तीमा बेपत्ता भएका राजकुमार यादव मृत फेला

आइतबार, असार २३, २०८१
Neuro hospital Nepalgunj

दाङ । शनिबार बिहानदेखि दाङको राप्ती नदीको बाढीमा बेपत्ता भएका १७ वर्षीय राजकुमार यादवको मृत  फेला परेका छन् 

लमहीबाट दूध बिक्री गरेर घर फर्लिरहेका राजपुर गाउँपालिका-२ का राजकुमार हस्नापुरबाट राप्तीको बाढीमा बगेर बेपत्ता भएका थिए।

जिल्ला प्रहरी दाङले राजकुमारको शव आज बिहान ७ बजे बेपत्ता भएको स्थान हस्नापुरदेखि करिब १५० मिटर पश्चिममा रहेको बगरमा फेला परेको जानकारी दिएको छ।

शनिबार बिहान राजकुमारसँँगै दूध बिक्री गरेर फर्किरहेका राजपुर -२ कै ४० वर्षीय दयाराम यादव र ४८ वर्षीय तुलाराम यादवलाई सशस्त्र प्रहरी बल नंं.४१ रिजर्भ गण अर्जुनखोलाको सकुशल उद्धार गरेको थियो।

 

 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०८:३९
प्रतिक्रिया दिनुहोस्