कोशी ब्यारेजका ४६ ढोका खोलिए

आइतबार, असार २३, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं ।  सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले  कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक बढी पानी मापन गरिएको छ ।

सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएका छन् ।

सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

'रेडलाईट बलिसकेका छन् । जोखिमयुक्त छ। प्रभावित क्षेत्रमा सतर्कता अपनाउन' जानकारी गराइसकेको सप्तरीका प्रजिअ मेख बहादुर मंंग्रातीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्