सशस्त्र प्रहरीद्वारा श्रोत नखुलेको लाखौं भारु र १० किलो चरेशसहित ३ भारतीय युवक पक्राउ

शनिबार, असार २२, २०८१

बारा। सशस्त्र प्रहरीले बाराबाट श्रोत नखुलेको भारतीय रुपैयाँसहित एक जना र १० किलो बढी चरेशसहित २ जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरीको बारास्थित प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाको टोलीले कलैया उपमहानगरपालिका-१० मटिअर्वाबाट श्रोत नखुलेको २ लाख ५ हजार ६ भारुसहित भारतका ३६ वर्षीय एक जना युवकलाई शुकवार नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलले जनाएको छ। उनको साथबाट मोटरसाइकल समेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

त्यसैगरि  सशस्त्र प्रहरीको सोही गुल्मले असार १८ गते राति शनिश्चरेबाट १० किलो २३० ग्राम चरेशसहित २ भारतीय युवकलाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीले भारतका १८ र २१ वर्षीय युवकलाई नियन्त्रणमा लिएको जनाएको छ।

सशस्त्र प्रहरीको चेकजाँच का क्रममा उनीहरु सवार मोटरसाइकलको सिटमुनि र हेल्मेटमा लुकाएर लैजादैँ गरेको अवस्थामा उनीहरुको साथबाट उक्त चरेश बरामद गरेको सशस्त्र प्रहरी बलले जनाएको छ।

सशस्त्र प्रहरीले बरामद गरिएको श्रोत नखुलेको भारतीय रुपैयाँ , मोटरसाइकल, बरामद गरिएको चरेशसहित पक्राउ परेकालाई आबश्यक कारबाहीका सम्बन्धित कार्यालयमा बुझाएको जनाएको छ।

 

 

 

 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्