धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, पछाडि सवार युवक घाइते

शनिबार, असार २२, २०८१
Neuro hospital Nepalgunj

धनगढी । धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका-१८ फुलबारीमा हसुलिया जाँदै गरेको से३प ५६९५ नम्बरको मोटरसाइकल नालामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका चालक कैलारी गाउँपालिका-८ का कृष्ण चौधरीको आज बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको कैलाली प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार २८ वर्षीय यादव चौधरी घाइते भएका छन् ।

 

 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्