बस्तीमा पस्यो हनुमन्ते खोलाको बाढी

शनिबार, असार २२, २०८१

काठमाडौं । गए रातिदेखिको काठमाडौं उपत्यकामा अविरल वर्षा भइरहेको छ। अविरल वर्षा भइरहदा भक्तपुरस्थित हनुमन्ते खोलामा भीषण बाढी आएको छ।

हनुमन्ते खोलाको बाढी बस्तीमै पुगेपछि घरहरु डुबानमा परेका छन् । भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी  बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ । राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ ।

हनुमन्ते खोलाको बाढी इमाडोलको माथिल्लो क्षेत्रको बस्तीमा समेत पसेको छ।

त्यसैगरी बागमती र विश्नुमति नदीमा पनि बाढी  आएको छ। बाढी आएपछि नदी किनारका स्थानीयहरुलाई सतर्क रहन आग्रह गरिएको छ।

ललितपुर र काठमाडौंको शंंखमुलस्थित नदी किनारका दुबै छेउका मानिसहरुलाई बाढीबाट सतर्कता अपनाउन आग्रह गरिएको छ। 

 

 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्