बाढीले घोराही-तुलसीपुर सडक खण्डमा पर्ने सेवार खोलाको ह्युमपाइप बगायो

शनिबार, असार २२, २०८१

दाङ दाङमा आएको अबिरल बर्षापछि तुलसीपुर-घोराही सडक खण्डमा पर्ने खहरे खोलाहरुमा आएको बाढीका कारण तुलसीपुर घोराही सडक खण्डमा यात्रा जोखिम पूर्ण बनेको छ ।

तुलसीपुर-घोराही सडक खण्डको घोराहीस्थित सेवार खोलामा निर्माणाधिन पुलको डाइभर्सनका लागि राखिएका ह्युमपाइपहरु बढीले बगाएको छ । उक्त सडक खण्ड अवरुद्ध बनेको छ।

बाढीले ह्यूमपाइप बगाएपछि बैकल्पिक मार्ग मार्फत सवारी साधान संचालन गरिएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका  अनुसार भाइरल रोड हुँदै अधिकाँस सवारी साधन संचालनमा आएका छन्  । सेवार खोलामा पक्की पुल निर्माणको काम यही बर्षदेखि सुरु गरिएको थियो । हालसम्म पिलर ठड्याउने काम मात्रै भएको छ ।

त्यस्तै बर्षाका कारण तुलसीपुर-घोराही सडक खण्डको हापुर खोलामा आएको बाढीका कारण साना सवारी साधन संचालनमा रोक लगाइएको छ । मोटरसाइकल लगायत साना सवारी संचालनमा रोक लगाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

अविरल बर्षाका कारण दाङ जिल्लाका खोला तथा नदीहरुमा पानीको बहाब ह्वात्तै बढेको छ । राप्ती नदीको तटिय क्षेत्र र बबइ नदी क्षेत्रका सर्वसाधारणलाइ नदी किनारम नजना र  सतर्क रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १०:०४
प्रतिक्रिया दिनुहोस्