खोलाको कल्भर्टले च्यापिएर जुम्लामा एकजनाको मृत्यु,३ घाइते

शनिबार, असार २२, २०८१
Neuro hospital Nepalgunj

जुम्ला । जुम्लामा खोलाको कल्भर्टले च्यापिएर एकजनाको मृत्यु भएको छ।

जिल्लास्थित पातारासी गाउँपालिका-१ स्थित डलिगाड ठुलो खोलाको पुरानो कल्भर्ट भत्किने क्रममा च्यापिएर सोही वडाकै ५३ वर्षीय रन बुढाको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

कल्भर्टले च्याप्दा अन्य ३ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेहरुमा पातारासी गाउँपालिका-१ का १८ वर्षीय सुरेश बुढा ४१ वर्षीय कर्ण ऐडी र १६ वर्षीय धन ऐडी रहेका छन् ।

घाइते भएका तीनै जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जुम्ला प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०८:५८
प्रतिक्रिया दिनुहोस्