'सधैँ अस्थिरतालाई बोकेर हिँड्नु भन्दा दुई ठूला दल मिलेर सरकार बनाउनु उचित हो':शेखर कोइराला

शुक्रबार, असार २१, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाली कांग्रेस  र नेकपा एमालेको नयाँ सत्ता समीकरणको विषयलाई लिएर अहिले नै खुशी हुनसक्ने अवस्था नआइसकेको  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् । 

काठमाडौँमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिसकेको अवस्थामा विश्वासको मत लिएर विश्वासको मत नपाउँदा संविधानको धारा ७६ को उपधारा ३ मा नजाओस् भन्ने आफ्नो चाहना रहेको बताए । 

उनले संविधानलाई सबैले मान्नुपर्ने बताए । उनले नयाँ सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्नु पहिलो आवश्यकता रहेको बताए । उनले सधैँ अस्थिरतालाई बोकेर हिँड्नु भन्दा दुई ठूला दल मिलेर सरकार बनाउनु उचित रहेको बताए ।

 

 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  २१:२७
प्रतिक्रिया दिनुहोस्