हाइड्रोपावरको स्ल्याप ढलान भत्किएर पुरिएका १० बढी कामदारको सकुशल उद्धार

शुक्रबार, असार २१, २०८१

काठमाडौं । सशस्त्र प्रहरीले हाइड्रोपावर कम्पनीमा काम गर्ने क्रममा स्ल्याप ढलान भत्किएर पुरिएका १० जना बढी कामदारको सकुशल  उद्धार गरेको छ।

आज बिहान सिन्धुपाल्चोकस्थित भोटेेकोशी गाउँपालिका-४ मा रहेको इलेक्ट्रो हाइड्रोपावर कम्पनीको डि-सेन्टरमा स्ल्याप ढलान गर्ने क्रममा ढलान भत्किएर १० जना भन्दा बढी कामदार पुरिएका थिए।

सशस्त्र प्रहरी घटनाको बारेमा जानकारी पाए लगत्तै गएको बिओपी तातोपानीबाट खटिएको टोली र नेपाली सेनाको संंयुक्त टोलीले सबै कामदारहरुको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

घाइते भएका सबै कामदारलाई उपचारका लागि अस्पताल लगिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्