नेकपा एसमा ९३ सदस्यीय केन्द्रीय कमिटीको घोषण

शुक्रबार, असार २१, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको १० औं  राष्ट्रिय महाधिवेशनले ९३ सदस्सीय केन्द्रीय कमिटी घोषणा गरेको छ ।

गत आइतरबादेखि चलेको महाधिवेशनको छैटौँ दिन शुक्रबार महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितका ९३ जना नेताहरुको केन्द्रीय कमिटी घोषणा गरेका हुन् । 

उनीहरुले शपथसमेत खाएका छन् । शुक्रबार काठमाडौंमा ९३ सदस्यीय केन्द्रिय कार्यसमिति घोषणा गर्दै सबै सदस्यहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

सबै केन्द्रीय कार्यसमिति सदस्यहरुलाई निर्वाचन विभाग आयोग प्रमुख माधव पौडेले शपथग्रहण गराए । २९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको एकीकृत समाजवादीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने बतएको छ । 

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र पाण्डेले १० दिनभित्र बाँकी केन्द्रीय सदस्यहरुको नाम सार्वजनिक गरिने हललाई जानकारी दिएका छन् । 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्