सशस्त्र प्रहरीद्वारा ४८ इन्स्पेक्टरका लागि दरखास्त आह्वान (सूचनासहित)

शुक्रबार, असार २१, २०८१

काठमाडौं । सशस्त्र प्रहरी बलले विभिन्न समूहतर्फ गरि ४८ जना इन्स्पेक्टरको दरखास्त आह्वान गरेको छ। सशस्त्र प्रहरीले आज एक सूचना जारी गर्दै कानुन,लेखा र विभिन्न  प्राविधिक समूहतर्फको इन्जिनियरका लागि  खुला प्रतियोगिताबाट ४८ जना इन्स्पेक्टरमा जागिरको आह्वान गरेको हो।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आज (असार २१) गते बिहान १० बजेदेखि साउन २० गतेसम्म र साउन २१ देखि साउन २७ गतेसम्म दोब्बर दस्तुर तिरेर कार्यालयमा आवेदन दिन सकिने सशस्त्र प्रहरीले जनाएको छ 

त्यस्तै अनलाइन मार्फत आवेदन दिने उम्मेदवारले साउन २९ गते कार्यालयमा उपस्थित भएर सक्कलै दरखास्त बुझाउनु पर्ने सशस्त्रले सूचनामा उल्लेख गरेको छ। 

यस्तो छ सूचना -

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्