इक्वेेडरलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना कोपाको सेमिफाइनलमा,पेनाल्टीमा चुके मेसी

शुक्रबार, असार २१, २०८१

काठमाडौं । अमेरिकामा जारी कोपा अमेरिका कपको क्वाटरफाइनलमा इक्वेेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ।

हालसम्म अपराजित अर्जेन्टिनाले आज बिहान सम्पन्न खेलमा इक्वेेडरसँँग क्वाटरफाइनलमा १-१ गोलको बराबर भएपछि भएको पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो।

खेलको पहिलो हाफको ३५ मिनेटमा  अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजले अर्जेन्टिनालाई अग्रता दिलाए पनि खेलको इन्जुरी समयको पहिलो मिनेटमै इक्वेेडरका केभिन रोडृिगेज गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

त्यसपछि सिधै पेनाल्टी सुटआउट गराइएको खेलमा अर्जेन्टिनाका लियोनल मेसीले पेनाल्टीबाट गोल गर्न चुकेका थिए। तर अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले इक्वेेडरका दुई खेलाडीको पेनाल्टी जोगाएपछि अर्जेन्टिनाले खेल जित्दै सेमिफाइनलमा पुगेको हो।

प्रतियोगिताको अर्को क्वाटरफाइनल भोलि बिहान भेनेजुएला र क्यानडाबीच हुनेछ भने आइतबारको पहिलो क्वाटरफाइनल खेल कोलम्बिया र पनामाबीच र अन्तिम क्वाटरफाइनल खेल फुटबलको महारथी ब्राजिलले प्रतियोगितामा अपराजित रहेको उरुग्वेसँग खेल्ने छ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्