भारतबाट तस्करी गरेर ल्याइएको अवैध लत्ताकपडा बरामद

बिहीबार, असार २०, २०८१

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले भारतबाट अवैध रुपमा ल्याइएको लत्ताकपडा बरामद गरेको छ। 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नेपालगन्ज-१२ बेलासपुरबाट अवैध रुपमा ल्याइएको ९८ हजार ४ सय रुपैयाँ बराबरको कुर्ता सुरुवाल बरामद गरेको हो।

प्रहरीले बरामद गरेको कुर्ता सुरुवाललाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको जनाएको छ।

 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  २१:३९
प्रतिक्रिया दिनुहोस्