नेकपा एसको अध्यक्षमा माधव नेपाल, महासचिवमा घनश्याम भुसल

सम्मानित नेतामा खनाल
बिहीबार, असार २०, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । माधव नेपाल नेकपा 'एकीकृत समाजवादी' पार्टीको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । काठमाडौंस्थित प्रज्ञा भवनमा जारी पार्टीको १० औं महाधिवेशनबाट नेपाल अध्यक्ष चयन भएका हुन् ।

त्यस्तै पार्टीको महासचिवमा घनश्याम भुसाल चयन भएका छन्  भने सम्मानित नेतामा झलनाथ खनाललाई सर्वसम्मत चयन गरिएको हो। 

अन्य पदको लगि  सचिवालयले टुंगो लगाउने बताइएको छ।

 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १८:१५
प्रतिक्रिया दिनुहोस्