रारा तालमा डुबेर सुशील रावल बेपत्ता, खोजीकार्य जारी छ: सहायक प्रजिअ खत्री

बिहीबार, असार २०, २०८१
Neuro hospital Nepalgunj

मुगु । मुगुको रारा तालमा एक युवक डुबेर बेपत्ता भएका छन् । 

जिल्लाको छायानाथ रारा नगरपालिका-९ स्थित रारा तालमा पौडी खेल्ने क्रममा आज दिउँसो ३ बजे १९ वर्षीय सुशील रावल पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको मुगुका सहायक प्रमुख जिल्ला अधिकारी हरिबहादुर खत्रीले जानकारी दिएका छन् ।

सहायक प्रजिअ खत्रीका अनुसार रारा किनारमा साइकल लेन बनाउने काममा कामदारका रुपमा खटिएका सोही नगरपालिका-५ कार्कीबाडाका जनक रावलका छोरा सुशीलको खोजीका लागि सुरक्षाफौजको टोली परिचालन भएको छ।

साढे २ घन्टादेखि रारामा बेपत्ता भएका सुशीलको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र ताल्चा विमानस्थलको प्रहरी टोली रारामा परिचालन भएको सहायक प्रजिअ खत्रीले बताए। 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १७:४०
प्रतिक्रिया दिनुहोस्