किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

बिहीबार, असार २०, २०८१

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाबाट बलात्कारको आरोपमा प्रहरीले नुवाकोटका एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीले चन्द्रागिर-१२ की एक १६ वर्षीया किशोरीलाई विगत १०-१२ दिनदेखि बन्धक बनाएर बलात्कार गर्दै आएका नुवाकोटको बेलकोटगढी-१३ का २६ वर्षीय युवक दिपेश मगरलाई चन्द्रागिरिबाट प्रहरी प्रभाग बलम्बुले पक्राउ गरेको हो।

पक्राउ परेका मगरविरुद्ध प्रहरीले बलात्कार कसुरमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १६:२८
प्रतिक्रिया दिनुहोस्