गृहसचिव र आईजीपीलाई बोलायो सहकारी ठगीसम्बन्धि संसदीय छानबिन समितिले

बिहीबार, असार २०, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । सहकारी ठगी सम्बन्धि छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले गृह सचिव र प्रहरी महानिरीक्षक (आईजीपी) लाई छलफलका लागि बोलाएको छ।

देशभरमा प्रहरी गरिरहेको सहकारी ठगी मुद्दाको अनुसन्धानको जानकारी लिन भोलि गृह सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई समितिले बोलाएको हो।

संसदीय विशेष छानबिन समितिले नेपाल प्रहरीको सीआईबीले हेर्दै आएको सहकारी ठगी मुद्दाका बारेमा र अन्य जिल्लाहरुमा प्रहरीले अनुसन्धान गरिरहेको मुद्दाका बारेमा छलफल गर्न उनीहरुलाई बोलाएको हो।

यो समिति सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको छानबिन गर्न बनाइएको थियो।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १५:१६
प्रतिक्रिया दिनुहोस्