कोशी सरकार गठनविरुद्धको रिटमाथि सर्वोच्चको पूर्ण इजलासमा हुँदै

मंगलबार, साउन ९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री नियुक्ति असंबैधानिक भएको भन्दै सर्वोच्च अदालतमा परेको मुद्दा आज सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।

कोशी प्रदेशमा उद्धव थापा नेतृत्वको सरकार गठन प्रक्रियाविरुद्ध निवर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले प्रदेश सभाका सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई मान्यता दिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

सोही  प्रक्रियाविरुद्ध परेको मुद्दा आज सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो । सभामुख बाबुराम गौतमको समेत मतमा उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले त्यो प्रक्रियाविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए । 

निष्पक्ष बस्नुपर्ने सभामुखले सरकार निर्माण गर्न र ढाल्न भूमिका खेलेको एमालेको आरोप छ । 

सोमवार न्यायाधीशहरू सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा जटिल कानूनी प्रश्न समावेश भएको भन्दै यो विवाद निरूपणका लागि पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।  

यसअघि न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई यो मुद्दा किनारा नलागुन्जेल दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो। 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ११:२४
प्रतिक्रिया दिनुहोस्