सरकार अल्पमतमा परेपछि रास्वपाका मन्त्रीहरुले आज राजिनामा दिंदै

बिहीबार, असार २०, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले राजीनामा दिने बताएका छन्  । राजीनामा दिनुअघि रास्वपाका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । 

वर्तमान सरकारमा रास्वपाबाट पार्टी सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री रहेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ सरकार बनाउने सहमति बन्दै एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँँगै आठै जना मन्त्रीहरुले राजीनामा बुझाइसकेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेपछि रास्वपाका मन्त्रीहरुले राजीनामा बुझाउन लागेको बताएका छन् । यस्तै रास्वपाल्र  कांग्रेस–एमाले गठबन्धन सरकारमा भने सहभागी नहुने निर्णय गरिसकेको छ । 

 

 

 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्