नेपालगन्जबाट १० लाखको मोबाइल स्क्रिन गार्ड बरामद

बुधबार, असार १९, २०८१

नेपालगन्ज । वडा प्रहरी कार्यालय नेपालगन्जको टोलीले भारतबाट अवैध रुपमा ल्याइएको १० लाख रुपैयाँ बढीको मोबाइल स्क्रिन गार्ड बरामद गरेको छ।

आज दिउँसो वडा प्रहरीको टोलीले नेपालगन्ज-२१ स्थित वसन्त मल्ल चोक नजिकबाट भारतबाट ल्याउदै गरिएको १० लाख ५ हजार रुपैयाँ बराबरका ९ हजार २८० पिस मोबाइल स्क्रिन गार्ड बरामद गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

साथै प्रहरीले मोबाइल स्क्रिन गार्ड तस्करीमा प्रयोग भएका दुई वटा मोटरसाइकल र ३ साइकलसमेत बरामद गरेको हो।

प्रहरीले बरामद गरेको मोबाइल स्क्रिन गार्डसहित नियन्त्रण लिइएका मोटरसाइकल र साइकललाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको जनाएको छ।

 

 

 

 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  २२:४४
प्रतिक्रिया दिनुहोस्