अमेरिका पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ

बुधबार, असार १९, २०८१

काठमाडौं । अमेरिका पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय एक व्यक्तिलाई पक्राउ गरेको छ।

बरोजगार युवाहरुलाई आकर्षक तलबको लोभ देखाएर  वैदेशिक रोजगारीका लागि अमेरिका पठाउने भनेर विभिन्न व्यक्तिहरुबाट १८ लाख रुपैयाँ ठगेको आरोपमा अपराध अनुसन्धानको टोलीले ललितपुरका ३१ वर्षीय दीपक श्रीषलाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो।

श्रीषले ठगी गरेको जाहेरीको आधारमा प्रहरीले उनलाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका श्रीषको मुद्दा वैदेशिक रोजगार सम्बन्धि भएकाले अपराध अनुसन्धान कार्यालयले आबश्यक अनुसन्धानका लागि  उनलाई ताहाचलस्थित वैदेशिक रोजगार विभागमा पठाएको छ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  २०:१८
प्रतिक्रिया दिनुहोस्