ललितपुर महानगरले चलायो अख्तियार आयुक्तको घरमा डोजर

बुधबार, असार १९, २०८१

काठमाडौं । ललितपुर महानगरपालिकाले अख्तियार आयुक्तको घरमा डोजर चलाएको छ।

मन्दिरको जग्गा मिचेको कारण देखाउँदै ललितपुर महानगरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.सुमित्रा अमात्यको घरको पर्खालमा आज डोजर चलाएको हो।

महानगरले ललितपुर-१० चाकुपाटस्थित आयुक्त अमात्यले मन्दिरको मिचेर पर्खाल लगाएकी थिइन् । अमात्यले जग्गा मिचेर पर्खाल बनाएको भन्दै स्थानीयवासीले महानगरमा उजुरी दिएपछि आज महानगरले डोजर चलाएर पर्खाल भत्काएको जनाएको छ।

पटकपटक महानगर र मन्दिर प्रशासनले पर्खाल भत्काउन आग्रह गर्दा पनि आयुक्त अमात्यले अटेरी गरेपछि महानगर आफै बाध्य भएर डोजर चालाउन परेको बताएको छ।

 

 

 

 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्