नाबालिका बलात्कार गरेको आरोपमा आत्मबहादुर पक्राउ

बुधबार, असार १९, २०८१

अर्घाखाँची । नाबालिका बलात्कार गरेको आरोपमा प्रहरीले अर्घाखाँचीबाट एक जनालाई पक्राउ गरेको छ। 

अर्घाखाँची प्रहरीले ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्लास्थित मालारानी गाउँपालिका-६साकिन्धाराका ४३ वर्षीय आत्मबहादुर भलामीमगरलाई पक्राउ गरेको हो।

गत आइतबार ६ वर्षीया नबालिकामाथि बलात्कार भएको उजुरी आउनासाथ प्रहरीले आत्मबहादुरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जनाएको छ।

पक्राउ परेका आत्मबहादुरसँँग प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्