मुग्लिन-नारायणगढ सडकको पहिरोको पन्छाइयो

मंगलबार, साउन ९, २०८०
Neuro hospital Nepalgunj

चितवन । आज बिहानदेखि पहिरोले अवरुद्ध बनेको मुग्लिन-नारायणगढ सडक खण्ड सुचारु भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित कालिखोलामा खसेको पहिरो पन्छाइएको छ।

पहिरोग्रस्त क्षेत्रबाट अलिअलि ढुंगा झरिरहेकाले मंगलबार बिहान केहीबेर अवरूद्ध रहेको र अहिले दुवैतर्फ सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ।

पानी परिरहेकाले पहिरो खसेको स्थानबाट बिस्तारै जान सवारीसाधनलाई ट्राफिक प्रहरीले आग्रह गरेको छ।

 

 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्