प्रहरीले नियन्त्रणमा लियो तस्करसहित आधा दर्जन बढी गाई

बुधबार, असार १९, २०८१

रौतहट । रौतहट प्रहरीले तस्करी गरेर भारततर्फ लैजान लागिएका ९ वटा गाईसहित एक तस्करलाई पक्राउ गरेको छ।

विशेष सूचना पाएर गएको रौतहट प्रहरीले गएराति माधव नारायण नगरपालिका-१दिपहीबाट अवैध रुपमा तस्करी गरेर भारत लैजान लागिएका गाई र बाछासहित देवाहीगोनाही नगरपालिका-२ करुनिया टोलका शेख आबिद आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी रौतहटले जनाएको छ।

प्रहरीले नियन्त्रणमा लिइएका ९ गाईसहित पक्राउ परेका आलमलाई आबश्यक कारबाहीका लागि रौतहट भन्सार बुझाएको र मुख्य गाई तस्कर फरार रहेकाले उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्