तुलसीपुरमा बाढीले बगाएर एक महिलाको मृत्यु, बबई नदी तर्ने क्रममा एक युवती बेपत्ता

बुधबार, असार १९, २०८१
Neuro hospital Nepalgunj

दाङ । दाङको तुलसीपुरमा बाढीले बगाएर  एक महिलाको मृत्यु भएको छ । तुलसीपुुर - ३ की ५१ बर्षीया तारा गुरुङलाई गोटीखोलास्थित साङ्ले खोलाले बगाउँदा मृत्यु भएको तुलसीपुर प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार गुरुङलाई खोला तर्ने क्रममा मंगलबार दिउँसो साङ्ले खोलाले बगाएको र उनको शव झन्डै डेढ सय मिटर दक्षिणमा फेला परेको हो।

त्यस्तै आज बिहान बबई नदीमा आएको बाढीले बगाउँदा एक युवती बेपत्ता भएकी छिन् ।

जिल्ला प्रहरी दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका १४ मटेराकी १९ बर्षीया संझना चौधरी आज बिहान बबई नदी तर्ने क्रममा बगेर बेपत्ता भएकी हुन ।

बेपत्ता भएकी संंझनाको खोजीका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा ७ जनाको टोली र इप्रका मलवारबाट प्रहरी नायव निरीक्षक गणेशबहादुर सिंहको कमाण्डमा तीन जनाको टोले र स्थानीय परिचालन भएको दाङ प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०९:५५
प्रतिक्रिया दिनुहोस्