उत्तर प्रदेशको धार्मिक मेलामा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ११६ पुग्यो

बुधबार, असार १९, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । भारतको उत्तर प्रदेशमा आयोजित एक धार्मिक सत्सङ्गमा भागदौड मच्चिँदा ११६ जना तीर्थयात्रीको मृत्यु भएको छ।

उत्तर प्रदेशस्थित हाथरस जिल्लामा धार्मिक सत्सङ्गमा भएको भागदौडमा मारिनेको संख्या हालसम्म ११६ पुगेको उत्तर प्रदेश प्रहरीले जनाएको छ। 

उक्त भागदौड घटनामा अधिकांश महिला र बालबालिकाको मृत्यु भएको बताएको छ कयौं महिला र बालबालिका हराइरहेका छन् ।

घटनाका घाइतेहरुको एकिन विवरण अझै आइनसकेको बताइएको छ । त्यहा एक गुरुको धार्मिक प्रवचन सुन्न हजारौं तीर्थयात्री जम्मा भएको स्थानमा भागदौड भएको थियो।घटना मंगलबार भएको हो।

घटना के कसरी भयो भन्ने बारेमा अझै तथ्य कुरा बाहिर आएको छैन।

 

 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०८:५७
प्रतिक्रिया दिनुहोस्