सुरेश अधिकारी प्रतिनिधि सभाको सचिवमा नियुक्त

मंगलबार, असार १८, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । सुरेश अधिकारी प्रतिनिधि सभाको सचिवमा नियुक्त भएका छन् ।

सभामुख देवराज घिमिरेले अधिकारीलाई सचिवमा नियुक्त गर्नका लागि गरेको सिफारिसलाई राष्ट्रपति रामचन्द्र पौडेलले सदर गर्दै सचिव पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले अधिकारीलाई संंविधानको धारा १०६ को उपधारा १ बमोजिम प्रतिनिधि सभाको सचिवमा नियुक गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

संखुवासभामा जन्मिएका अधिकारी केही समयअघि मात्रै शिक्षा मन्त्रालयको सचिवबाट अवकाश पाएका थिए।

 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १७:२७
प्रतिक्रिया दिनुहोस्