'गिरिजाबाबु नभएको भए देशमा नत प्रजातन्त्र आउथ्यो नत गणतन्त्र'

मंगलबार, असार १८, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ ।  तत्कालीन कांग्रेस पार्टी सभापति स्व. गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आएको   कांग्रेस सभापति शेरबहादुर देउवाले बताएका छन् ।

आज पार्टी कार्यालय सानेपामा आयोजित स्व.कोरालालको क्रान्तिदेखि शान्तिसम्म फोटो प्रदर्शनीका क्रममा उनले यस्तो बताएका हुन् । 

उनले स्व. कोइराला २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा क्रियाशील, सक्रिय र जुझारु व्यक्तित्व रहेको बताए । उनले गिरिजाका कारण देशमा प्रजातन्त्र मात्रै नफर्किएको भन्दै गिरिजाकै कारण नेपालमा गणतन्त्रसम्म आएको उल्लेख गरे । उनले आफूले विद्यार्थी बेलामा नै गिरिजालाई चिनेको र गिरिजाकै सहयोगमा विश्वविद्यालयको चुनावमा जाँदा आफू पराजित भएको पनि स्मरण गरे । उनले गिरिजाकै कारण आफू नेपाल विद्यार्थी सङ्घको सभापति भएको बताए ।

देउवाले भने, ‘गिरिजाबाबु नभएको भए देशमा गणतन्त्र पनि आउँदैन थियो । त्यसैले गिरिजाबाबु २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा अत्यन्तै क्रियाशील, सक्रिय र जुझारु व्यक्तित्व हुनुहुन्थ्यो । त्यो कारणले नेपालमा प्रजातन्त्र मात्रै फर्किएन, गणतन्त्रसमेत आएको छ । मैले विद्यार्थी बेलामा नै उहाँलाई चिनेको हो । त्यो बेलामा उहाँले विश्वविद्यालयको चुनावमा समर्थन गर्नुभएको थियो, पहिलो इलेक्शनमा म हारेको हो वास्तवमा । उहाँको समर्थन भएकै कारण पनि म नेविसंघको सभापति भएको हो । उहाँ कहिल्यै नथाक्ने मान्छे हो ।’

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १४:३१
प्रतिक्रिया दिनुहोस्