हराइरहेका दुई बालक पोखरीमा मृत भेटिए

मंगलबार, असार १८, २०८१
Neuro hospital Nepalgunj

सिरहा  । सिरहाको एक पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ। 

जिल्लास्थित नरहा गाउँपालिका-३ खोरियाटोलका स्थानीय सुशील मण्डलका ६ वर्षीय छोरा राहुल र सुशीलका भान्जा ८ वर्षीय आशिष् मण्डलको पोखरीमा डुबेर मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सोमबार दिउँसोदेखि हराइरहेका दुई बालक मंगलबार स्थानीय एक व्यक्तिको पोखरीमा मृत फेला परेका हुन् । प्रहरीले दुई बालकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाएको जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्