सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । सत्ता समीकरण परिवर्तन हुने भएसँगै शेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पुनः शेयर बजार ४० मिनेटका लागि कारोबार बन्द भएको छ ।
आज पहिलो सर्किट ब्रेक खुलेको एक मिनेट नबित्दै दोस्रो सर्किट ब्रेक लगेर ४० मिनेटका लागि शेयरको खरिद बिक्री बन्द भएको हो ।
बजार खुलेको एक मिनेटमै पहिलो सर्किट ब्रेक लगेर २० मिनेटका लागि कारोबार बन्द भएको थियो । जहाँ एक मिनेटमै ८२.४८ अङ्कले २१३५.८७ को बिन्दुमा पुगेको थियो ।
दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०२.६८ अङ्कले बढेर २१५६.०७ बिन्दुमा पुगेको छ ।
अब तेस्रो पटक सर्किट ब्रेक लागेमा आजको लागि शेयर कारोबार बन्द हुने छ ।