प्रचण्डलाई लक्षित गर्दै बाबुरामले भने- सधैभरी सबैलाई ठग्न सकिन्न

मंगलबार, असार १८, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई लक्षित गर्दै पूूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सधै भरी ठग्न नसकिने टिप्पणी गरेका छन् ।

कांग्रेस–एमालेको सहमतिपछि सामाजिक सञ्जालमार्फत नेसपाका अध्यक्ष डा.भट्टराईले प्रचण्डलाई लक्षित गर्दै भनेका छन्, ‘केहीलाई सधैँभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैंभरी ठग्न सकिन्न । सन्दर्भ बुझौं ।’

आफ्नो निर्वाचन क्षेत्र गोरखा प्रचण्डका लागि छोडेका डा. भट्टराईको पछिल्लो समय सम्बन्ध बिग्रिएको छ । 

उनले पछिल्ला दिनहरुमा प्रचण्डको आलोचना गर्दै आएका छन् । खासगरी नेसपालाई विभाजित गरेर माओवादीमा विलय गराएपछि बाबुराम प्रचण्डसँग आक्रोशित छन् ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्