कांग्रेस-एमाले गठबन्धनको नयाँ सरकारमा नजाने रास्वपाको निर्णय

मंगलबार, असार १८, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नयाँ बन्ने कांग्रेस -एमालेको सरकारमा सहभागी नहुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्णय गरेको छ।

आज  बिहान बसेको रास्वपाको सचिवालय बैठकले कांग्रेस -एमाले गठबन्धन सरकारमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन् ।

रास्वपाले नयाँ बन्न लागेको कांग्रेस एमालेको गठबन्धन देश र जनताको हितमा नरहेको र यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने बैठकले निष्कर्ष निकालेको परियारले बताए । 

 

 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ११:१८
प्रतिक्रिया दिनुहोस्