रोल्पामा जिप दुर्घटना हुँदा ७ जनाको मृत्युु,८ जना घाइते

सोमबार, असार १७, २०८१
Neuro hospital Nepalgunj

रोल्पा ।  रोल्पा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ। जिल्ला प्रहरी रोल्पाले अनुसार ५ जनाको घटनास्थलमै मृत्यु भएको जनाएको छ।

प्रहरीका अनुसार २ जनाको अस्पतालमा उपचारका मृत्यु भएसँँगै मृतकको संख्या ७ पुगेको हो। कुल १५ जना यात्रु मध्ये ७ जनाको मृत्यु भएको र चालकसहित ८ जना घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनाका मृतकहरु अहिलेसम्म पहिचान खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार माडी गाउँपालि-२  घर्ती गाउँबाट तालावङ जाँदै गरेको ल१ज ३२५२ नम्बरको जिप आज बेलुका ४ बजे परेवाछ्हरामा सडकबाट ४ सय मिटर तल खसेको थियो।

अहिले दुर्घटनाका घाइतेहरुलाई रोल्पाबाट भैरहवा पठाउने तयारी भएको छ। घाइतेहरुको अवस्था सामान्य देखिएपनी भित्री चोट रहेको प्रहरीले जनाएको छ।

जिप जाँदै गरेको सडकमा पहिरो गएकाले सडक बन्द हुँदा ब्याक गर्ने क्रममा जिप भीरबाट तल खसेको प्रहरीले बताएको छ।

 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  २२:५३
प्रतिक्रिया दिनुहोस्