सेवाग्राहीसंग १ लाख घुस लिने इन्जिनियर अख्तियारको नियन्त्रणमा

सोमबार, असार १७, २०८१
Neuro hospital Nepalgunj

ताप्लेजुङ । ताप्लेजुङका एक जना इन्जिनियर रङ्गेहात १ लाख रुपैयाँ घुस लिएको पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले ताप्लेजुङको फुङलिङ नगरपालिकामा अधिकृतस्तर छैठौं, सिभिल इन्जिनियर मो.अख्तर हुसैनलाई १ लाख घुस लिएको आरोपमा पक्राउ गरेको हो।

अख्तियारले इन्जिनियर हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस लिएको  दाबी गरेको छ ।

उक्त रकम घुस लिइसकेको अवस्थामा फुङलिङ नगरपालिका, वडा नं.४ न्यूरोड ट्याक्सी स्ट्यान्डबाट आज नियन्त्रणमा लिइएको अख्तियारले जानकारी दिएको छ। 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  २१:३९
प्रतिक्रिया दिनुहोस्